२०८१ भाद्र २८, शुक्रबार
महेन्द्रनगर :
कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्द नेकपा एमाले फुटाउन सहज पार्ने रणनीति साथ सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेशको विपक्षमा उभिएका छन् ।
लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने सरकारको निर्णय खेदजनक रहेको उनले उल्लेख गरेका छन् ।
‘दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने सरकारको निर्णय हिजो पनि गलत थियो र आज पनि गलत र खेदजनक छ ।’ उनले सामाजिक सञ्जाल (फेसबुक)मा लेखेका छन् ।
यसले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने उनको जिकिर छ । ‘राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता, दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्ने उनले उल्लेख गरेका छन् ।
कुनै पनि हालतमा पार्टी विभाजन गर्नु नहुनेमा उनले जोड दिएका छन् ।
‘कुनै पनि हालतमा पार्टी बिभाजन गर्नु हुँदैन बरु एक्लै हुँदा पनि पार्टी भित्र अन्तर संघर्ष गर्न सक्नु पर्छ । समय र परिस्थितिको माग अनुसार दुरदृष्टि राखेर निर्णय गर्न सक्नु नै नेताको पहिचान हो, समयले कसैलाइ पर्खदैन ।’ मेयर चन्दले उल्लेख गरेका छन् ।
मेयर चन्द नेकपा एमालेबाट विजयी हुन । एमालेमा देखिएको धुव्रिकरणमा अहिले उनी माधव कुमार नेपाल निकट मानिन्छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी