२०८१ आश्विन २१, सोमबार
महेन्द्रनगर:
हाम्रो पञ्चाङ्ग गणना अनुसार हरेक महिनाको पहिलो दिन अर्थात १गते लाई सकराॅत अर्थात सङ्क्रान्ति भनिन्छ।हरेक संक्रान्तिको बिशेष महत्वका आधारमा पर्वका रूपमा मनाइन्छन्। भदौ महिनाको पहिलो दिन भाद्र संक्रान्ति भनिन्छ। यस दिन देखि सुर्य सिह राशीमा प्रवेश हुने भयेकाले यस दिनलाई सिंह संक्रान्ति पनि भनिन्छ।
सुदूरपश्चिममा यस दिनलाई ” ओल्के सकराॅति “भनिन्छ। यस दिनमा खेतबारीमा फलेका मकै पिडालुका गाभा आदि आ -आफ्ना कुल देवता तथा भूमी देवतालाई चढाइन्छ, जसलाई ओलक/ओल्को चढाउनु भनिन्छ। भूमीको उत्पादित अंस देवतालाई चढाए पछि त्यसैलाई प्रसाद स्वरूप गरिन्छ। यसै दिनमा आफूले उत्पादन गरेका चिज बस्तुहरू आफूभन्दा ठूला आदरणीय व्यक्तिहरूलाई पनि उपहार स्वरूप दिने गरिन्छ। त्यही उपहार ” ओल्को “भनिन्छ। पहिले खेतिवालहरूले जमिन्दार तथा रैतिले राजा रजौटाहरूलाई समेत ओल्को चढाउने प्रथा परम्परागत सामन्ति प्रथाका रूपमा समेत बिकसित भयेको पाइन्छ। चैत महिनामा दिदीवहिनी, तिहारमा दाजुभाइ भेटे जस्तै अग्रजहरूलाई आफ्नो गच्छे अनुसार आफ्नै उत्पादन उपहार दिने प्रचलन भाद्र संक्रान्तिमा प्राचीनकाल देखि नै सुदूरपश्चिमी समाजको एउटा विशिष्ट प्रचलन हो। समयक्रम अनुसार संस्कार र संस्कृतिमा फेरबदल हुनु सान्दर्भिक नै भये पनि त्यसमा आउने बिकृति प्रति सजग रहनु जरूरि हुन्छ। सुदूरपश्चिमको पहाडी प्रचलन अनुसार भाद्र संक्रान्तिकै दिन देखि “बुड़ि हाल्ने वा थाप्ने गरिन्छ। ।भाद्र संक्रान्तिका दिन केटाकेटी वा ग्वालाहरूले बुढी थाप्ने निर्धारित ठाउ जस्तै चौबाटो वा चौरमा एउटा सल्ला वा बाँसको लिङ्गो गाडेर त्यसको वरिपरि हरेक दिन “झिकडा /केडामेडा “अर्थात बोटबिरुवाका हाङ्गाबिङ्गा पातपतिङ्गर थुपार्ने गरिन्छ। त्यो थुप्रोलाई असौज संक्रान्तिका साॅझपख पोल्ने गरिन्छ। जसलाई बुढी पोल्ने भनिन्छ। पौराणिक कालमा पुतना राक्षसी मारेको प्रसंग यस बुढी पोल्ने पर्व सित जोडिन्छ ।सिंह संक्रान्तिलाई कुमाउँमा घित्यारका रूपमा मनाइन्छ। घरबारिमा फलेका पिडाउका गाभा मकै संगै घिउ खाइने भयेकाले घित्यार भनिन्छ। यस दिनलाई खेतको अन्नवालिमा किरामुसा रोगव्याध नलागोस भूमीका देवता प्रशन्न रहुन भन्ने कामना संगै नयाॅ अन्न फल चाख्ने पनि गरिन्छ साथै जसको घरमा छैन उनलाई पनि घिउ ,गबा ,घोगा, ओखड, अम्बा, दाडिम आदि बाडेर खाने गरिन्छ। सुदूरपश्चिम र कुमाउँ क्षेत्रमा भदौ महिनाको बिशेष महत्व छ। यस महिनामा यस क्षेत्रका -हरितालिका, ॠषि पञ्चमी ,कृष्ण जन्माष्टमी, र गौरापर्व, अनन्ते, तक्याइ जाॅत, बिसु विशेष र महत्वपूर्ण पर्व पर्दछन। यस्ता आफ्नै विशिष्ट लोक पर्व र यसका परम्परा लोपोन्मुख भैरहेका छन। यीनको संरक्षण सम्बर्धन आवश्यक छ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी