२०८१ भाद्र २८, शुक्रबार
कञ्चनपुर:
कञ्चनपुरको साहित्यिक क्षेत्रमा महत्वपूर्ण भूमिका निभाएका अर्जुन धानुक अनाथको ४९वर्षको उमेरमा असामयिक निधन(२०७८।४|१८) भयेको मा पन्ध्रौ दिनको पुण्य तिथिमा प्रलेस कञ्चनपुरले श्रद्धान्जली सभा अनलाइन मार्फत सम्पन्न गरेको छ। प्रगतिशील लेखक संघ कञ्चनपुरका पुर्व सचिव अनाथ यहाँको साहित्यिक, पत्रकारीता, लोकत्रांतिक आन्दोलन तथा बामपन्थी राजनैतिक सक्रिय थिए। जुम मार्फत संचालित श्रद्धान्जली कार्यक्रम प्रलेस कञ्चनपुरका अध्यक्ष रमेश पन्त मीतबन्धु को अध्यक्षता तथा प्रलेस सुपका उपाध्यक्ष चन्द्रकला पन्त को प्रमुख आतिथ्यमा भयेको थियो। प्रलेस कञ्चनपुर का सचिव धर्मानन्द भट्टले संचालन गरेको कार्यक्रममा उप प्राध्यापक खगेन्द्र जोशी, प्रलेस कञ्चनपुर सल्लाहकार हरिश प्रसाद जोशी, प्रलेस केन्दीय सचिव बावुराम आचार्य, उप प्रा भुवन बोहरा, प्रलेस सुदुरपश्चिम सचिवालय सदस्य जगदीश ओझा लगायतले स्व अनाथको व्यक्तित्व कृतित्व सहित श्रद्धान्जली व्यक्त गरेका थिए। कार्यक्रममा श्रद्धान्जली व्यक्त गर्दै प्रमुख अतिथि चन्द्रकला पन्त तथा सभाध्यक्ष रमेश पन्त मीतबन्धुले उहाँका रचना संकलन गरि प्रकाशन गर्नु पर्ने विचार व्यक्त गरेका थिए। कार्यक्रमा अनाथका३वटा रचना संगै भुबन बोहरा, धर्मानन्द भट्ट तथा बाबुराम आचार्य रे उहाँ प्रति समर्पित रचना वाचन गरिएका थिए। श्रद्धान्जली कार्यक्रममा गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरवहादुर चन्द ,अमित प्रसाद भट्ट, प्रतिमा भट्ट, प्रलेस कञ्चनपुर उपाध्यक्ष तारामणी न्यौपाने,गंगा प्रसाद रिजाल,कविराज भट्ट, भुपि उपाध्याय,सन्तोष बिष्ट, शंकर साउद, डम्बर बिष्ट, सुप्रित बोहरा, सिद्धनारायण आचार्य लगायतको सहभागिता रहेको थियो।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी