२०८१ मंसिर २९, शनिबार
छोरा ,
हिजो म सबै काम एक्लै गर्न सक्ने थिए,
र पो तेरो लागी म सन्सार रहेछु
तर आज तलाई हेरी रहन बाहेक म अरु केही गर्न सक्दिन
र तलाई हेरी रहन मन लागेर तलाइ हेरी कहिले अघाउदिन ?
त्यसैले होला सायद
काम केही गर्दिन भनेर त हरेक बेला म सँग रिसाएर बोलेको ?
म बुढि भए अब तलाई हेरिरहन बाहेक म बाट केही हुन्न।
म
मा संग नरिसा न है मेरो बाबु ,
तलाइ था छ मैले तलाई ,
बादर ले आफ्नो बच्चालाइ काखिमा च्यापेर
जसरी पाल्छ त्यसरी पालेकि हु,
त्यसैले होला सायद तलाई,
मलाई बादर ले च्यापे झै
मलाई च्यापेर मार्न मन लाग्ने
छोरा,
तलाई जाडो हुन्छ भनेर
नया लुगा किनेर ल्याएकि हु
र मैले त्यहीं पुरानो
च्यातेको मजेत्री टालेर लाएकि छु
त्यसैले होला सायद
तैले मेरा हरेक बात लाइ टाल्दै टाल्दै आएको
छोरा,
त आज ठूलो भइस
दुनिया देखे छ्स आफैले मात्र
र मलाई कहिले पनि सोदिनस ?
दुनिया हेर्नु हुन्छ आमा भनेर ?
मैले तलाई दुनिया देखाउन
मेरो सारा दुनिया तलाइ मानेर पालेकि हु
त्यसैले होला सायद
त सोच्छ्स?
यो आमा मेरो दुनिया मा किन आइन भनेर?
छोरा,
तलाई था छ ,
मैले गाउ भरिका सबैलाई भन्ने गर्थे
मेरो छोरा ठूलो हुन्छ
मलाई संसार देखाउछ
मेरो सुन्दर सन्सार हुन्छ
छोरा,
आज आएर सबैले सोध्छन
तेरो छोरोले तलाई
कहाँ कहाँ घुमायो?
कहाँ कहा देखायो भनेर ?
भन त बाबु ?
म के जवाफ दिउ तिनिहरुलाई
मलाई सब्बै सब्बै ठाउ देखायो मेरो छोरोले ।
अमेरिका स्वुज्ल्यान् भनम्कि
या भनम
तपाइँ पछि आउने ठाउँ यो हो
भनेर बृदाआक्ष्रम देखायो भनेर
तेरो बेइजत हुन्छ छोरा
मैले कहिले तेरो बारे अपसब्द बोलिन
किनकी त मेरो सास होस
र जिबनको अन्तिम आस होस
छोरा,
त आज निकै ठूलो मान्छे भइस
भन्छस रे
मेरो मेहेनत हो
जस्को भागिदार म आफै हु भनेर
कहिले मेरो नाम किन लिदैनस?
की मेरी आमाको पनि परिश्रम हो भनेर
सायद मैले तलाई
मागेर खुवाएर होला
मेरो मेहेनत नै देखिनस।
छोरा,
मागेर खान सजिलो कहा हुन्छ र ?
याद छ तलाई ?
तैले सानै छदा पल्ला घरे रुपा बैनिको घरमा घोगाको रोटी पाक्दा
घरमा आएर मलाई त्यहीं रोटी चाहियो भनेर रोएको ?
त बिर्सिस होला है .
मलाई बिर्से पनि ति दिन कहिले न बिर्सि है ?
जुन दिन तलाइ भनेर
मलाई कहिले अघाउन्जेल खाना खान पुगेन
तलाई भनेर राति सुत्दा
ओढने रजाइ मलाई कहिले पुगेन
छोरा,
तैले मलाई बिर्से पनि
मैले कहिले बिर्सिन
ति रुपा बैनिको घर बाट मागेर ल्याएको त्यो रोटी
जुन तलाई खुवाउदा भने थिस
मेरी आमा जस्ति कोइ छैन संसार मै
छोरा,
मैले तलाई मेरो सास होस भनि पालेकि हु
कहिले सोचिन मेरो आस सम्म बुढेश काल मा हूनस भनेर ,
किनकी तलाइ मैले
बादरले आफ्नो बच्चालाइ
जसरी काखिमा च्यापेर पाल्छ
त्यसरी नै मैले तलाइ काखिमा च्यापेर पालेकि हु
छोरा ,
तेरो नि आउने छ यस्तै एक दिन
र सम्झने छस मलाई
झल
झलि
र भन्नेछश
मेरी आमाले भोगेको
मैले गर्दाको पिडा
मेरी आमाको पीडा ,
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी