२०८१ भाद्र ३१, सोमबार
बाग्लुङको काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ।
अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ। सात फिट गोलाइ रहेको नगरालाई मोड्न एक हजार ४०० फिट छालाको तुना लागेको उहाँको भनाइ छ। स्थानीय कालीगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए।
नगरालाई चाहिने भैँसीको छाला भारतको बिहारबाट ल्याइएको हो। यहाँ पाइने भैँसीको छाला सानो भएकालेभारतबाट झिकाइएको हो।
नगरा निर्माणका क्रममा कालीगढ रवीलाल, जरसिँह विकले तामा र लालबहादुर किसान, जगबहादुर र सरबहादुर विकले छालाको काम गरेका थिए। नगरा बनाउँदा कालीगढ र सहयोगीसमेत गरी ५० जना खटिएका थिए।
गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी समेत गरेको छ। लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ।
स्रोत ब्रेकलाईन डट कम
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी