२०७९ माघ २६, बिहिबार
महेन्द्रनगर ।
कैलाली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य झपट रावलले पूर्व माओवादीलाई मतियारको संज्ञा दिएका छन् । बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले एमाले पार्टी अध्यक्ष केपीशर्मा ओलीलाई प्रतिगामी कदम चाल्न पूर्वमाओवादी समुहले उक्साएको आरोप लगाए । ओली सत्ता बहिर गएपछि पूर्वमाओवादी समुहले मुसा प्रवृति देखाएको उनको आरोप छ ।
यस्तो छ उनको स्टाटस : हाम्रो लडाइ संसद् जोगाउनका लागि थियो, सरकारमा जान र मन्त्री बन्नका लागि थिएन । हाम्रो कारण संसद् जोगिएको छ । हामी सबैले सामूहिक रूपमा राजनीतिक जीवनलाई दाउमा राखेका थियौं । मूलतः हाम्रो (पार्टीको एकताका लागि बैशाख २७ गते संसद् बैठकमा अनुपस्थित हुने २८ सांसद र संसद् विघटन पछि प्रतिनिधिसभा बचाउन सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने २३ जना सांसद) एमाले जोगाउने प्राथमिकता हो ।
विधि, पद्धतिबाट पार्टीलाई संस्थागत आधारमा चलाउने गरी सम्मानजनक एकता अहिलेको आवश्यकता हो । हिजो प्रतिगमनको मतियार बनेका र पार्टी अध्यक्षलाई प्रतिगामी कदम चाल्न उक्साउने स्वार्थी अवसरवादीहरू केपी ओली सत्ता बाहिर गएपछि मुसा प्रवृत्ति देखाइरहेका छन्। उनीहरू अहिले कोही हामी एमाले होइनौं भन्दै अदालततिर धाइरहेका छन् भने कोही मन्त्री पदको लागि अवसर खोज्दै छन् । अन्य मतियारहरूको कुरै नगरौं ।
जस्तोसुकै एकता विरुद्धको उक्साहटलाई खारेज गर्दै एमालेको एकताका लागि दुई शीर्ष नेताबीच अविलम्ब संस्थागत संवाद हुनुपर्छ । सुदृढ र सबल नेकपा (एमाले)को विकल्प छैन । आयाराम गयारामहरूको उक्साहटमा कोही पर्न हुन्न । समयको माग पनि यही हो । सबैलाई समयमै चेतना होस् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी