२०८१ मंसिर २९, शनिबार
टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले सय मिटर फ्रिस्टायलमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइलमा औसत प्रदर्शन गरेकी छिन् । गौरिकाले १ मिनेट ०.११ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन् । उनी ४ खेलाडी सम्मिलित हिटमा तेस्रो भइन् । यसअघि उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।
उनले त्यसबेला स्वर्ण जित्ने क्रममा भारतीय खेलाडीलाई पनि पछि पारेकी थिइन् । उक्त स्पर्धा २५ मिटर पुलमा भएको थियो । विश्व च्याम्पियनसिपमा भने उनले सन् २०१९ मा १ मिनेट ०.६२ सेकेन्डको उत्कृष्ट समय राखेकी थिइन् । ५० मिटर कोर्षमा भने उनकोराष्ट्रिय कीर्तिमान प्रदर्शन हो । सोही रेकर्ड गौरिकाले बुधबार सुधार गरेकी हुन्।
त्यसयता निरन्तर प्रशिक्षणमा रहेकी उनले युनिभार्सालिटि प्लेसेसको आधारमा लगातार दोस्रोपटक प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन् । समग्रमा ५१ खेलाडी रहेको यस स्पर्धाबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन् । गौरिकाको अर्को चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । यो स्पर्धामा कुल ५१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा गौरिका ५०औं स्थानमा आइन्। शीर्ष १६ खेलाडी भने सेमिफाइनलमा पुगे।
यसअघि मंगलबार पौडीकै एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले पुरुष १ सय मिटर फ्रीस्टाइलमा आफ्नो हिट जित्ने क्रममा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । एलेक्सले अर्को चरणमा भने स्थान बनाउन सकेनन् । कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी