• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ १३, शुक्रबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

२

भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

३

धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

४

समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

५

शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

६

सुप विश्वविद्यालयमा दोहोरो शिक्षण बिरुद्धमा राप्रपा निकट विद्यार्थी संगठनको आन्दोलन

७

दोधारा चाँदनी जनप्रतिनिधी भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग भेट

८

हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

९

लालझाडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

१०

महेन्द्रनगर पार्क चिटिक्क हुन थालेपछि भित्र कार्यक्रम हुँदै

११

दोधारा चाँदनी नगर खेलकुद समितिको अध्यक्ष पदमा नेपाली सेनाका पुर्व क्याप्टेन थापा

१२

ईन्जिनियर सहदेव चन्द को ‘जीन्दगी’ गीत सार्वजनिक

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०७८ श्रावण १०, आईतबार (१ साल अघि)

निर्मला हत्या प्रकरणको तीन वर्ष, कहाँ पुग्यो अनुसन्धान ?

  • ६९३ पटक पढिएको
  • निर्मला हत्या प्रकरणको तीन वर्ष, कहाँ पुग्यो अनुसन्धान ?
    महेन्द्रनगर ।
    कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष पुरा भएको छ । १० साउन २०७५ मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मलाको अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो ।
    बलात्कार जस्तो जघन्य अपराध भएको तीन वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन । निर्मलाको शव भेटिएको दिन देखिनै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन ।
    घटनाको अनुसन्धानमा संलग्न विभिन्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरेका छन् ।
    तीन वर्षको अवधीमा प्रहरीले डिएनए परीक्षण, शंकास्पदको बयान, शंकास्पद व्यक्तिहरुमाथि सूक्ष्म अनुसन्धान ग¥यो । तर प्रहरीको अनुसन्धान अहिलेसम्म पनि अपराधीको छेउछाउ पुग्न सकेको देखिँदैन् । प्रहरीले अनुसन्धान गरिरहेको जनाए पनि अनुसन्धान कुहिरोको कागजस्तो आफैमा रुमलिइरहेको देखिन्छ ।
    सुरुमा घटनाको अनुसन्धानमा प्रहरीले गरेको गल्तीका कारण अनुसन्धान झन्झटिलो बनेको र रहस्यमयी जस्तो बन्न पुगेको अनुसन्धान टोलीको निष्कर्ष छ ।
    निर्मला हत्याकाण्डमा प्रहरी निकै आलोचित भयो । अनुसन्धानमा उच्च छवि बनाएको सिआइबी पनि घटनाको प्रमाण लुकाउन खोजेको आरोपमा फस्यो । प्रहरी इतिहास मै पहिलो पटक सिआइबी पनि अनुसन्धानमा चुक्न पुग्यो ।
    यसले नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा नै प्रश्न चिन्ह खडा भएको छ । निर्मला हत्याका वास्तविक दोषी पहिचान हुन नसक्दा प्रहरीप्रतिको जनताको विश्वास घट्दै गएको छ ।
    स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने पन्तको बलात्कारपछि हत्याको विरोधमा उनको पक्षमा न्याय माग्दै कञ्चनपुरसहित देशैभर प्रदर्शन भयो । हत्याको विरोधमा महेन्द्रनगरबाट शुरु भएको प्रदर्शन देशैभरि फैलियो ।
    मुख्य अभियुक्त भनेर मानिसिक अवस्था ठीक नभएका स्थानीय दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा भइरहेको आन्दोलनले उग्ररुप लियो ।
    स्थानीयको आन्दोलन चर्किएपछि प्रहरीले आन्दोलन दबाउन लाठी र अश्रुग्यासमात्रै प्रहार गरेन, गोलीसमेत चलायो । प्रहरीको गोली लागि दुई दर्जन आन्दोलनकारी घाइते भए भने स्थानीय युवा सन्नी खुनाले ज्यान नै गुमाउनु प¥यो ।
    स्थानीयको दबावपछि एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र आयुश विष्ट तथा दिलिप सिंह विष्ट, प्रदीप रावल र विशाल चौधरी लगायत झण्डै ८० जनाको डिएनए परिक्षण गरियो । तर उनिहरुको डिएनए रिपोर्ट निर्मलाको भेजाइनल स्वाबसँग मेल खाएन ।
    तीन वर्षसम्म पनि निर्मलाका अपराधी पहिचान हुन नसक्दा अब त परिवारले पनि न्याय पाउने आशा मारेको छ । ‘दोषीलाई कारबाही गर्ने सबैले आश्वासन दिए । तर यत्तिका समय भैसक्दा पनि छोरीले न्याय पाउन सकिनन ।’ आमा दुर्गादेवीले भनिन्, ‘अब त न्याय पाउने आशा पनि कम हुदै गयो ।’

     

     

    अनुसन्धान प्रगति जहाँको तहीँ, के गर्दैछ प्रहरी ?

    निर्मला बलात्कार तथा हत्या प्रकरणकोे अनुसन्धान प्रगति ‘शून्य’ जस्तै छ । घटना घटेको तीन वर्ष बितिसक्दा पनि अपराधीको पहिचान हुन सकेको छैन । नेपाल प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’ जस्तै भएको छ ।
    झण्डै ५ सय २९ जना शंकास्पद मानिएकाहरुसँग बयान लिइएको छ भने ८० जनाको डिएनए परीक्षण गरिएको छ । तर तीन वर्षको अवधिसम्म पनि अपराधीसम्म पुग्ने दरिलो आधार भेटाउन सकेको छैन, प्रहरीले । यसले गर्दा यो प्रकरण नेपाल प्रहरीका लागि नै पेचिलो बनेको छ ।
    उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्बेदीले घटनालाई पहिलो प्राथमिकता दिएर गहन रुपमा अनुसन्धान भइरहेको बताए ।
    ‘यो घटनाको अनुसन्धानलाई हामीले प्रमुख प्राथमिकतामा राखेका छौँ । त्यसका लागि छुट्टै टीम सक्रिय छ ।’ उनले भने, ‘तर निष्कर्षमा पुग्ने ठोस प्रमाण भेटाउन सकिएको छैन । दोषी पुस्ट्याउने प्रमाणको खोजीमा छौँ ।’
    यो प्रकरणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसंगै सीआइबी लगायत अनुसन्धान टोली सक्रिय छन् । परिणाम आउन ढिला भएपनि आफूहरुले वस्तुपरक तरिकारले अनुसन्धान गरिरहेको प्रहरीको दाबी छ । शंकास्पद मानिएका बिषयको निरन्तर अनुसन्धान गर्ने काममा भइरहेको प्रहरीले जनाएको छ ।
    निर्मला प्रकरणमा अपराधीसम्म पुग्ने दरिलो आधार डिएनए परीक्षण मात्र नै हो । पछिल्लो समय डीएनएमा पनि प्रश्न उठेको छ । घटनाको अनुसन्धानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय समितिले डीएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने समेत ठहर गरेको छ ।

     

     

    छ सिडिओ, चार एसपी फेरिए
    निर्मला बलात्कार तथा हत्या प्रकरण पश्चात् मात्रै कञ्चनपुरमा छ सिडिओ र चार एसपी फेरिए । निर्मला प्रकरण चलेका बेला कुमारबहादुर खड्का यहाँ सिडिओ थिए ।
    २०७५ भदौमा उनि कञ्चनपुरबाट बिदा भए । त्यसपछि २०७५ भदौ ५ मा तारानाथ अधिकारी सिडिओका रुपमा आए । उनि पनि चार महिनामै फर्किए । अधिकारीपछि सहायक सिडिओ रहेका शंकरबहादुर विष्टले दुई महिना जिल्लाको प्रशासनिक जिम्मेवारी सम्हाले ।
    पछि सिडिओका रुपमा सुशील वैद्य आए । त्यसपछि नुरहरी खतिवडा र राम कुमार महतोले कञ्चनपुरमा प्रशासनिक नेतृत्व सम्हालेका थिए । अहिले राम प्रसाद पाण्डे सिडिओ छन् ।
    प्रहरी प्रमुख एसपी फेरिने दर पनि यहाँ उतिकै मात्रामा छ ।निर्मला प्रकरणका बखत प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट थिए । उनी निर्मला प्रकरणमा प्रमाण नष्ट गरेको भन्दै सेवाबाट बर्खास्तीमा परेका थिए ।
    यद्यपी प्रमाण नष्ट र यातना मुद्धा खेपेका एसपी विष्ट सहित ८ प्रहरीले २०७७ साउन १५ गते जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका थिए ।
    विष्टपछि निर्मलाको आन्दोलन चर्केका बेला एसपी कुवेर कडायतलाई जिम्मेवारी दिइयो । उनि पाँच महिना मात्रै यहाँ बसे । त्यसपछि २०७५ फागुन १५ मा जिल्ला प्रहरी प्रमुखको रुपमा एसपी दिनेश आचार्य आए ।
    उनी २०७६ पुस ९ गते सरुवा भएर गए । त्यस पछि एसपी मुकुन्द मरासिनीले कञ्चनपुर प्रहरीको प्रमुखको जिम्मेवारी सम्हालेका थिए । अहिले कञ्चनपुर प्रहरीको प्रमुखमा एसपी उमाप्रसाद चतुर्बेदी छन् ।

     

    नयाँ नेतृत्वले जगाएको आशा
    निर्मला प्रकरणको तीन वर्षको अवधिमा नेपाल प्रहरीले तीन जना प्रहरी महानिरीक्षक (आइजिपी) पायो । तत्कालीन आइजिपी सर्वेन्द्र खनालको कार्यकालमा घटना भएको थियो ।
    प्रहरीको शाखमा प्रश्न उठाएको प्रकरणको अनुसन्धानले तत्कालीन आइजिपी सर्वेन्द्र खनाल, ठाकुर प्रसाद ज्ञवालीको कार्यकालमा सफलता पाउन सकेन । यो प्रकरणको सफल अनुसन्धान गरेर प्रहरीको शाख बचाउने जिम्मेवारी अहिले आइजिपी शैलेश थापाको काधमा आएको छ ।
    यस्तै कञ्चनपुर आएर यो प्रकरणको अनुसन्धान गरेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी उमाप्रसाद चतुर्बेदी अहिले कञ्चनपुर प्रहरीको प्रमुख छन ।
    उता नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार पनि गठन भएको छ । गृहमन्त्री राम बहादुर थापा रहेको बेला घटना घटेको थियो ।
    अहिले गृहमन्त्री नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड रहेका छन् भने सुदूरपश्चिमबाटै राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री छन् ।
    निर्मलाको न्यायको माग गर्दै कांग्रेसले पनि आन्दोलित भएको थियो । नयाँ नेतृत्व पाएसँगै आमनागरिकले निर्मला हत्याकाण्डको वास्तविकता बाहिरिने आशा गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • २१ घण्टा अघि

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • १ दिन अघि

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • १ दिन अघि

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • २ दिन अघि

    समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • समाचार
  • १

    जनमुखी काम गर्छु : वडाध्यक्ष केशव खत्री

  • २

    भ्वाङ परेको ओछ्याउन र त्रिपाल मुनी दोधारा चाँदनीका बादी घरपरिवार

  • ३

    धरानका मेयर हर्क सम्पाङ र दोधारा चाँदनीका मेयर किशोर लिम्बुको बिच भेट

  • ४

    समयमै प्रहरी पुग्दा मृत्युको मुखमा पुगेकी ‘आशा बस्नेत’लाई बाँच्ने आशा

  • ५

    शाहसी युवक : महाकाली नदीले बगाउदै गरेको किशोरीको बचाए ज्यान

  • ६

    सुप विश्वविद्यालयमा दोहोरो शिक्षण बिरुद्धमा राप्रपा निकट विद्यार्थी संगठनको आन्दोलन

  • ७

    दोधारा चाँदनी जनप्रतिनिधी भरतपुर महानगरपालिकाका जनप्रतिनिधी संग भेट

  • ८

    हुलाकी (बेलडाँडी–दैजी) सडकको दुर्दशा ठग ठेकेदारप्रति कञ्चनपुरका जनप्रतिनिधी र संसद निरही !

  • ९

    लालझाडीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु 

  • १०

    महेन्द्रनगर पार्क चिटिक्क हुन थालेपछि भित्र कार्यक्रम हुँदै

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution